सर्वसाधारणमा कोरोना सचेतना

पोखरा । पोखरामा कोरोना सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको सप्ताहव्यापी सचेतना कार्यक्रमको चौथो शृङ्खला पृथ्वीनारायण क्याम्पस गेट अगाडि गरेको हो ।

पत्रकार महासंघ कास्कीका सह–सचिव दीननाथ बरालले सडक मजदुर र कवि रमेश श्रेष्ठले साहित्यकार रामनाथ अधिकारी संगीलाई सचेतना सामग्री हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

मानवअधिकार चोकबाट शुरु भएको क्लबको हप्ताव्यापी स्वास्थ्य सचेतना, मास्क तथा स्यानिटाइजर वितरण कार्यक्रमको चौथो दिनसम्म आइपुग्दा ५ हजार ९ सय ७२ जना सर्वसाधारण लाभान्वित भएको बतायएको छ ।

क्लबका सचिव सुजित बिजुक्छेले क्लबको बुधवार सम्पन्न भर्चुअल बैठकबाट पाँचौं दिनको सचेतना कार्यक्रम शुक्रवार बिरौटाको राममन्दिर चोकमा तय गरिएको जानकारी दिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button