पोखराका फुटसल व्यवसायी भन्छन ‘बैंकको ब्याज र भाडा तिर्न गार्हो भयो’

पोखरा । पोखरामा सञ्चालित फुटसल व्यवसायीहरुको करौडौको लगानी डुव्ने संघारमा पुगेको भन्दै आफ्ना  पीडा पोख्न थालेका छन ।

कोभिड १९ प्रभावका कारण ६ महिना देखि पोखरामा सञ्चालित फुटसलहरु खोल्न नसक्दा यसमा लगानी गर्ने व्यवासायीहरुले भाडा र वैंकको व्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै पीडा पोख्न थालेका हुन । पोखरामा सञ्चालित २३ वटा फुटसल गत चैतवाट नखुलेका कारण लगानी समेत जोखिममा पर्न थालेको छ भने नयाँ खोल्न तयारीमा रहेका ४ वटा फुटसलहरु समते अव कसरी सञ्चालन गर्ने भन्दै प्रश्न गर्न थालेका छन । जिल्ला प्रशासन कार्यालय कास्कीले फुटसल खेललाई समेत कोभिड सङक्रमणका लागि जोखिम हुने स्थानमा राखेर सञ्चालनमा रोक लगाए पछि यसमा लगानी भएको करिव ५० करोड समेत जोखिममा परेको व्यवसायीहरुले बताएका छन ।

पोखरा वडा नं १४ चाउथेमा गत २०७६ माघबाट फुटसल सञ्चालन शुरु गरेको गणेश क्षेत्रीले डुव्ने अवस्थामा रहेको उहाँ बताउनुहुन्छ । नेपाली सेनाका अवकास प्राप्त सेनानी समेत रहेका क्षेत्रीले १ करोड ५० लाखको लगानीमा फुटसल शुरु गरेको  छु,उहाँले भन्नुभयो–“सरकारले फुटसललाई अत्यावश्यक सेवा भित्र नराख्दा लगानी डुव्ने मात्र नभई राष्ट्रलाई चिनाउने खेलाडी उत्पादनमा समेत समस्या आएको छ ।” “फुटसल भनेको राष्ट्रका कर्णधार जन्माउने थलो समेत हो, यो कुरा राज्यले राम्रो सँग वुझ्न आवश्यक छ”, उहाँले जोड दिँदै भन्नुभयो ।

राज्यले खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण र वुझाइको कमिले फुटसलहरुलाई निषेधित गरिएको बताउँदै कास्की फुटसल व्यवसायी संघका अध्यक्ष समेत रहेका क्षेत्रीले राज्यले नै व्यवसायीलाई पिडामा राखेर घर न घाटको स्थितीमा पुर्याएको बताउनुभयो । “राज्य आफैले लगानी गरेर यस्ता खेलकुदका पुर्वाधार निर्माण गर्नुपर्ने ठाउँमा निजी व्यवसयासीले लगानी गरेको समेत डुब्ने  स्थिति आएको छ”, उहाँले भन्नुभयो । राज्यले फुटसल व्यवसायमा भएको लगानी जोगाउन सकारात्मक भूमिका प्रदान गर्न र तथा विशेष ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै पोखराको वडा नं ४ मा पोखरा क्यासल सञ्चालन गर्ने फुटबलका समेत पूर्व राष्ट्रिय खेलाडी रहेका चन्द्र गुरुङ (इश्वर)ले आफ्नो ६ करोडको लगानी डुब्ने डर भएको बताउनुभयो । “हामीले प्रशासनलाई धेरै पटक घच्घच्यायौं, आफ्ना स्टाफ मात्रै होइन अव त परिवार पाल्न समेत धौ–धौ पर्न थालिसक्यो,” उहाँले भन्नुभयो–“खेलाडीको इम्युनिटी पावर वढाउन र शारीरिक व्ययामले कोभिडसँग लड्न सक्ने क्षमता वढाउने फुटसललाई बन्द गर्नु हुँदैन ।” राज्यले आफ्नो गरिखाने वाटो नै बन्द गर्दा लगानी डुवेसँगै बैंकको  ब्याज  र भाडा तिर्न समेत  निकै सकस पर्न थालेको उहाँले बताउनुभयो ।

राज्यले निर्देशन गरे अनुसार आफुहरुले ६–७ महिना देखि व्यवसाय वन्द गरेर वस्नु परेको पिडा पोख्दै गुरुङले भुन्नुभयो–“कम्तिमा पनि स्वास्थ्यका प्रोटोकल लागु गर्दै फुटसल सञ्चालन गर्न दिए धेरै राहत हुने थियो ।” सामाजिक दुरी कायम गर्दै फुटसल सञ्चालन गर्न दिए पनि बैंकको  ब्याज  तिर्न, स्टाफको खर्च पुर्याउन निकै सहज हुने उहाँको भनाई छ ।

पोखराको लेकसाइडमा डेढ वर्षदेखि फुटसल सञ्चालन गर्दै आएका विनोद गुरुङ जग्गा लिजमा लिएर सञ्चालन गरेका व्यवसायीहरु निकै मर्कामा परेको बताउनुभयो । उहाँले भन्नुभयो–“चाहे लिजमा लिएर सञ्चालन भएका फुटसल हुन वा बैंकबाट ऋण लिएर  फुटसल सञ्चालन गर्ने व्यवसायी, सबै यति वेला समस्यामा परेका छन ।”

फुटसल वन्द हुँदा धेरै युवाहरु कुलतमा फस्न थालेको बताउँदै नेपाल फुटसल संघका उपाध्यक्ष समेत रहेका उहाँले पोखरामा सञ्चालन हुन लागेको राष्ट्रिय फुटसल लिग समेत आयोजना हुन नसकेको बताउनुभयो । उपाध्यक्ष गुरुङले केही न केही उपाय अवलम्वन गरेर फुटसलहरु सञ्चालन गर्न दिन र युवाहरुको आर्कषणको रुपमा रहेको फुटसल खेल जोगाउनका साथै व्ययसायीको लगानी डुव्नबाट जोगाउन सरकारलाई आग्रह समेत गर्नुभयो ।

पोखरामा फुटसल सञ्चालन गर्दै आएका सुबीन श्रेष्ठले पोखराको फुटबल विकासका लागि सहयोग पुग्ने फुटसल वन्द हुँदा खेलाडी सँगै व्यवसायीहरु पनि मर्कामा परेको बताउनुभयो । पोखरा हेम्जामा फुटसल सञ्चालन गर्दै आएका उहाँले ६० युवाहरु आफ्नो फुटसलमा दैनिक आउने गरेको भए पनि लामो समय वन्द हुँदा युवाहरुले गर्ने प्रशिक्षणमा समेत नराम्रोसँग प्रभावित भएको बताउनुभयो ।

अहिले फुटसल वन्द हुँदा समेत फुटसलको मेन्टेनेन्समा समेत निकै खर्च हुने र त्यही खर्च समेत धान्न समस्या परिरहेको बताउँदै श्रेष्ठले विगतमा ५ जनालाई कोभिड सङक्रमण हुँदा समेत आफुहरुले ३–३ महिना वन्द गरेर वसेको बताउनुभयो । उहाँले भन्नुभयो–“स्वास्थ्यका विधि अपनाएर खोल्न पाए निकै सहज हुने थियो, खेलकुदका दृष्टिकोणले मात्र्रै होइन कोभिड विरुद्ध लडन र इम्युनिटी पावर बढाउन फुटसल निकै महत्वपुर्ण छ ।” उहाँले सरकारलाई आफ्नो डुव्न लागेको व्यवसायको संरक्षण गर्न आग्रह गर्दै अव कुनै न कुनै उपाय अपनाउँदै फुटसललाई यथावत रुपमा खोल्न दिन माग समेत गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button