प्रताप दासको आवाजमा अञ्जानैमा गीत सार्वजनिक

पोखरा । गायक प्रताप दासको आवाजमा रहेको गीत ‘अञ्जानैमा…’ सार्वजनिक भएको छ । सत्यराज चौलागाईंले गीत रचना गर्नुभएको हो । सरोज पोखरेलले संगीतबद्ध गरेको गीतका संगीत संयोजक रिकेश गुरुङ हुनुहुन्छ ।

रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो समेत आकर्षक बनेको छ । म्युजिक भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा स्थापित भैसकेका मोडल दीपक घिमिरे फिचर्ड छन् । उनलाई मोडल मिनाक्षी महताराले साथ दिनुभएको छ ।

भिडियोमा उनीहरुको जोडी पनि आकर्षक देखिएको छ । नितिन चन्दले यो म्युजिक भिडियोलाई निर्देशन गर्नुभएको हो । सोफी सुनुवारको श्रृंगार रहेको यो भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने निशा श्रेष्ठले ड्रेस डिजाइन गर्नुभएको हो । । भिडियोले दर्शकको माया पाउने निर्माण पक्षको आशा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button