गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा प्रदेशसभा सचिवमा पोखरेलको नियुक्ति

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभा सचिवालयको सचिव पदमा हरिराज पोखरेललाई नियुक्त गर्नुभएको छ ।

प्रदेश प्रमुखले पोखरेललाई प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको सिफारिस अनुसार नेपालको संविधानको १९५ को उपधारा (१) बमोजिम शुक्रबार नियुक्त गर्नुभएको हो । कास्कीको पोखरा–२१, निर्मलपोखरीमा जन्मिनुभएका नवनियुक्त प्रदेशसभा सचिव पोखरेल हाल पोखरा–१७, जागृतिटोल बस्दै आउनुभएको छ । नवनियुक्त सचिव पोखरेलले शुक्रबार नै प्रदेश प्रमुख शेरचनबाट नियुक्तिपत्र समेत बुझ्नुभएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button