पोखराका थप ६ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार  कास्कीको पोखरा महानगरका ६  जना तथा  स्याङजाका एक जना गरी  गण्डकी प्रदेशमा थप ७  जनामा कोरोना भाइरस देखिएको जनाएको छ ।

निर्देशनालयले बुधबार  तेस्रो विज्ञप्ति मार्फत  पोखरा महानगरका ४, १०, १४, १७ र २५ वडाका ५ पुरुष तथा एक महिला र स्याङजा पुतलिबजार २ का २४ वर्षीय पुरुषमा कोरोना देखिएको जनाएको हो ।

पोखरा महानगरमा कोरोना पुष्टि हुनेहरुमा पोखरा  ४ का नेपाल प्रहरीमा कार्यरत २२ वर्षीय पुरुष, पोखरा १० का २४ वर्षीय पुरुष र ४६ वर्षीया महिला, पोखरा १४ का ३० वर्षीय पुरुष तथा भारतबाट आएर क्वारेन्टिनमा बसेका पोखरा १७ र २५ का २१ -२१ वर्षका २ पुरुष रहेको निर्देशनालयले जानकारी दिएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७८  पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button