पोखरामा अटोमोवाइल इन्जिनियरिङको कक्षा संचालन गर्ने तयारी

पोखरा । पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ सुरु गर्ने तयारी गरेको छ ।

शिक्षालयमा अध्ययन गर्न असोज १५ गतेसम्म फारम भर्न सकिने पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचित समेत गरेको छ । पोखरा २९ भण्डारढिकमा रहेको गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाइ यसैवर्षदेखि सुरु हुँदैछ ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन पोखराले उक्त उक्त कोर्षको स्वागत स्वागत गरेको छ । एशोसिएसनका अध्यक्ष चन्द्रबहादुर कुँवरले विज्ञप्ति मार्फत महानगरको उक्त कदमको स्वागत गर्दै शिक्षालयबाट उत्पादन हुने अटो मोबाइल इन्जिनियरबाट यस क्षेत्रमा खड्किएको दक्ष जनशक्तिको मागलाई पूरा गर्ने विश्वास व्यक्त गरे ।

यसैबीच पोखरा महानगरपालिका वडा नम्बर २१ र ३३ वडा कार्यालयले आफ्नो वडामा बस्ने २ जनालाई छावृत्ति उपलब्ध गराउने भएका छन् । वडा नम्बर १५ ले पनि वडामा बसोबास गर्ने शिक्षालयमा अध्ययन गर्न चाहने मध्येबाट एक जनालाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button