पोखरामा बाघको छाला र सालकको खपेटासहित युवक पक्राउ

पोखरा । अबैध बाघको छाला र सालकको खपेटासहित पोखराको शिसुवाबाट कास्की प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

धादिङ गल्छी गाउँपालिका– ४ निवासी २८ वर्षीय सन्तोष लामिछानेलाई अबैध बाघको छाला,सालकको खपेटा, हाड,खुट्टा तथा पंजासहित प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

पोखरा–३१ शिसुवाबाट वनपोखरीतर्फ प्रदेश नं ३ को ३–०२–०११ प. ७८०६ नम्बरको मोटरसाइकल मा जाँदै गर्दा मंगलबार साँझ ६.३० बजे कास्की प्रहरी र शिसुवा प्रहरीको सयुक्त टोलीले अबैध छालासहित लामिछानेलाई पक्राउ गरेको  कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

लामिछानेको साथबाट  जेब्रा झोलामा छुकाइछिपाई ल्याएको अबैध बाघको छाला–१ थान, सालकको खपेटा–१ थान बन्यजन्तुको जस्तो देखिने ३ केजी ७ सय ५० ग्राम हाड, खुट्टा र पंजा बरामद भएको हमालले बताउनुभयो  ।

लामिछानेलाई  थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको  प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button