बागलुङ र सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा

पोखरा न्यूज । सरकारले बागलुङ र  सिन्धुपाल्चोकलाई विपद संकटग्रस्ता क्षेत्र घोषणा गरेको छ ।

बाढी पहिरोबाट प्रभावित दुबै जिल्लालाई  मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले दुई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पूर्ननिर्माणका काम अगाडी बढाउने निर्णय भएको  बताउनुभयो ।

मन्त्री  ज्ञवालीले विपद व्यवस्थापन प्राधिकरणको अगुवाईमा हुने पूर्ननिर्माणको काम शुरु हुने जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button