पोखराका १० सहित गण्डकीका थप १५ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । पोखराका १० जना सहित गण्डकी प्रदेशमा १५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा सहित ४ जिल्लाका थप  १५ जनामा कोरोना पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत पोखरा  ४ का ४५ र ४७ वर्षीय २ प्रहरीमा कोरोना पुष्टि भएको छ । त्यसैगरी  नवलपुर राष्ट्रिय वाणिज्य वैंक गैंडाकोटा शाखामा कार्यरत पोखरा  ६ की २६ वर्षीया महिला, स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा कार्यरत पोखरा  १० का  ४७ वर्षीय पुरुष, पोखरा  १३ की ५४ वर्षीया महिला, पोखरा  १४ का २७ र ४३ वर्षीय पुरुष, पोखरा  १५ का २० वर्षीय पुरुष र ३५ वर्षीया महिला र पोखरा  १६ का २५ वर्षीय पुरुषमा समेत कोरोना सक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

तनहुँ शुक्लागण्डकी २ का २५ वर्षीय पुरुष, तनहुँ भानु  २ का २६ वर्षीय पुरुष र नेपाल प्रहरीमा कार्यरत मनाङ चामेका  ३१ वर्षीय पुरुष, लमजुङको दुधपोखरी  ६ का २५ वर्षीय पुरुष तथा  राइनाशका  ६ का ४० वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले  जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा ३ हजार ६ सय ६० जनामा कोरोना पुष्टि भएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button