पोखराको सेती खोचमा खसेका युवाको मृत्यु

पोखरा न्यूज । पोखराको सेती नदी खोचमा खसेका युवाको उपचारका क्रममा मृत्यु भएको छ ।

पोखराको पृथ्वीचोक नजिकै वडा नं ९ र १० जोड्ने चाइनापुल मुनी सेती नदीमा शुक्रबार बिहान ९.२० बजे खसेका अन्दाजी २२ वर्षका युवालाई तत्कालै उपचारका लागि अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक युवाको नाम थर खुलेको छैन । घटनाको वारेमा प्रहरीले  अनुसन्धान अगाडि वढाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button