महानगरमा उत्पादन हुने बस्तुहरु आयात हुन दिन्नौँ : प्रमुख जिसी

पोखरा । पोखराको वडा नं १८ स्थित खपौँदीमा फेवा किसान बजार खुलेको छ ।

कृषकले उत्पादन गरेका उपभोग्य वस्तुहरु सहज र सीधा उपभोक्तासम्म पु¥याउनका लागि पोखरा महानगरपालिकाको सहयोग र स्थानीय कृषकहरुसंगको साझेदारीमा बजार सञ्चालनमा आएको हो ।

महानगरका प्रमुख मानबहादुर जिसीले शुक्रबार बजारको उद्घाटन गरे । प्रमुख जिसीले उपभोक्ताहरुको माग अनुसारका कृषि उपज उत्पादनमा लाग्नुपर्नेमा जोड दिए । “स्थानीय तथा अर्गानिक उत्पादनप्रति जसरी उपभोक्ताहरुको चासो बढेको छ, त्यही रुपमा अहिले कृषि उपज बजारमा आउन सकेको छैन” जिसीले भने “फेवा किसान बजारले उपभोक्ताको माग अनुसार वस्तुहरुको विक्री वितरण गर्न सक्नुपर्छ ।” किसानले उत्पादन गरेको वस्तु कृषकले नै विक्री गर्न पाउनुपर्ने उनको भनाई छ ।

पोखरामा दैनिक ३ करोड मूल्य बराबरको तरकारी खपत हुने गरेको दृष्टान्त सुनाउँदै मेयर जिसीले करौडौँ रकम बाहिरिनबाट जोगाउनका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए । पोखराको लेखनाथस्थित तालचोक, विरौटा, काहुँखोला, बाटुलेचौर लगायतका स्थानमा यस किसिमका बजारहरु सञ्चालनमा आएका छन् ।

महानगरका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले कृषकहरु विचौलीयाका कारण पीडित भएकाले यस्तो बजारको कल्पना गरिएको बताए । पोखराको वडा नं १८, २३ र २४ का कृषकहरुलाई लक्षित गरी विक्री केन्द्र सञ्चालनमा ल्याईएको उनले जानकारी दिए । पोखरा महानगरको लोगो सहितको प्याकेजिङ र ब्रान्डीङ गरी कृषि उपज विक्री गरिने उनको भनाई छ ।किसान बजारमा स्थानीय उत्पादनहरु, पोखरेली जेठोबुढो, विभिन्न तरकारी, विभिन्न व्यवसायिक फर्महरुबाट उत्पादिन उपभोग्य वस्तुहरु विक्रीका लागि राखिएका छन

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button