पोखरा महानगरपालिकाका १० सहित गण्डकीका १७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १७ जना संक्रमित थपिएका छन् ।

पोखरा महानगरपालिका वडा नं १७ का २४ र २३ वर्षका दुई पुरुष प्रहरी  सहित  गण्डकी प्रदेशमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरा वडा ६का २८ र ८६ वर्षीया महिला, पोखरा वडा नं ८ का ३० वर्षीया महिला र २९ वर्षीय पुरुष, वडा नं १३ का ४२ वर्षीय पुरुष, वडा नं १६ का २९ वर्षीय पुरुष, वडा नं १७ का २३, २४ र २८ वर्षीय पुरुष, वडा नं २४ का २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै गोरखा नगरपालिका वडा नं १२ का ४९ वर्षीय महिला र ५७ वर्षीय पुरुष, बारपाक सुलीकोट वडा नं ३ का ३० वर्षीय पुरुष, वडा नं ८ का ३८ वर्षीया महिला, आरुघाट नगरपालिका वडा नं ४ का ४५ वर्षीय पुरुष रहेका छन् ।  तनहुँ  भीमाद नगरपालिका वडा नं २ का ५ वर्षीया वालिका, वडा नं ६ का २७ वर्षीय पुरुष रहेका छन् । हालसम्म गण्डकी प्रदेशमा ४००३ जना संक्रमित भएका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button