कास्कीकोटका पहिरो पीडितलाई कांग्रेसको सहयोग

पोखरा । पोखरा महानगरपालिका २४ खोरियापानीका पहिरो पीडित परिवारलाई शुक्रबार नेपाली कांग्रेस, पोखरा महानगर २४ ईकाइले सहयोग रकम हस्तान्तरण गरेको छ ।

नेपाली कांग्रेसका सदस्य तथा पूर्व सहसचिव भरतबहादुर अधिकारीको अगुवाइमा ईकाइका सभापति प्रतापबहादुर कार्कीले पहिरो पीडित हरिप्रसाद तिमिल्सिनालाई ५ हजार र नवराज तिमिल्सिनालाई ३ हजार सहयोग गरेको हो ।

गत भदौ २५ गते अविरल वर्षासंगै आएको पहिरोले नवराज तिमिल्सिनाको घरको आँगन भत्काएर गएको पहिरोले हरिप्रसाद तिमिल्सिनाको गोठ भत्काउदा गोठमा बाँधेर राखेको लैना भैसी मरेको थियो । नेपाली कांग्रेस पोखरा २४ का ईकाइ सभापति प्रतापबहादुर कार्कीले दुःखको बेला नेपाली कांग्रसले हातोमाले गर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button