पाठ्यक्रमका लागि तयार नक्सा तुरुन्त वितरण गर

पोखरा । नेपालको मिचिएको भू-क्षेत्रफल समेत समावेश चुच्चे नक्सा उल्लेखित माध्यमिक तहको पाठ्यसामग्री अन्तिम अवस्थामा आएर वितरण नगर्नू नगराउनू भन्ने प्रधानमन्त्रीको ठाडो आदेशप्रति संयुक्त देशभक्त मोर्चाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

संयुक्त देशभक्त मोर्चाका तर्फबाट प्रवक्ता रामबहादुर पौडेलले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै संविधानमा समावेश गरिएको नेपालको चुस्त-दुरुस्त चुच्चे नक्सा र हाम्रो मिचिएको भू-क्षेत्रफल समेत राखेर पाठ्यसामग्रीमा राख्ने गरी प्रकाशित भइसकेको पुस्तक अन्तिम अवस्थामा आएर वितरण नगर्नू नगराउनू भन्ने प्रधानमन्त्रीको ठाडो आदेशप्रति गम्भीर आपत्ति सहित ध्यानाकर्षण भएको जनाएका हुन् ।

साथै केही महिनाअघि सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत नेपालका भू–क्षेत्रहरु समेटिएको चुच्चे नक्सा संसद्को दुवै सदनबाट सर्वसम्मत पारित गरिएको ऐतिहासिक कदमलाई दीप प्रज्ज्वलन सहित आमनेपाली जनताले हर्षोल्लासका साथ स्वागत गरेको भनी स्मरण गराउँदै सो नक्सा तुरुन्त वितरण गर्न माग गरिएको छ ।

‘प्रधानमन्त्रीसँग आमनेपाली जनताको प्रश्न नेपाल सरकार खासगरी यो रहेको छ कि नेपालको वास्तविक चुच्चे नक्सा पाठ्यक्रममा समावेश गरिएका पुस्तक ‘प्रतिबन्ध’ जस्तै गरी रोक्नु पर्ने कारण के हो ?, विज्ञप्तिमा भनिएको छ, ‘अतः प्रकाशित गरिएका ती पाठ्यपुस्तक निर्वाधरुपमा विद्यालयका छात्रछात्रालाई तुरुन्तै वितरण गरियोस् भनी संयुक्त देशभक्त मोर्चाका तर्फबाट जोडदार माग गर्दछौं ।’

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button