पोखराका ३ सहित गण्डकीका ७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । पोखरा महानगरपालिकाका ३ सहित गण्डकी प्रदेशका स्याङ्जा लमजुङ र म्याग्दी गरी ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा शनिवार दिउसो गरिएको परीक्षणमा वडा नं ५ का २९ वर्षीया महिला, वडा नं १० का ५३ वर्षीया महिला, वडा नं १७ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै स्याङ्जा फेदीखोला गाउँपालिकाका ५५ वर्षीय पुरुष, लमजुङ राइनास नगरपालिका वडा नं २ का ६८ वर्षीय पुरुष , राइनास वडा नं ६ का ४५ वर्षीय पुरुष, म्यग्दी रघुगंगा वडा नं ३ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा हालसम्म कोरोना संक्रमितको संख्या ४०१० पुगेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button