पोखराका ५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा न्यूज । पोखराका विभिन्न वडाका  ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा शनिवार दिउसो गरिएको परीक्षणमा पोखराका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका अनुसार पोखरा महानगरपालिका वडा नं ४ का २९ वर्षीया महिला र ३५ वर्षीय पुरुष, वडा नं १० का ४६ वर्षीया महिला, वडा नं १७ का १७ वर्षीय वालक र २७ वर्षीय पुरुष छन् । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४०१५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button