पोखरा-१३ आर्वाका युवाको सक्रियतामा फोहोर संकलन

पोखरा न्यूज । पोखरा–१३ आर्वाका युवाको सक्रियतामा शनिबार फोहोर व्यवस्थापन गरिएको छ ।

मोहरपानी आदर्श टोल विकास संस्थाको संयोजकत्व तथा वडाकार्यलयको सहकार्यतामा यहाँका अर्ध नारेश्वर टोल विकास संस्था , लक्ष्मीनारायण टोल विकास संस्था , चापडाडा अमलाचौर टोल टोल विकास संस्था, थापाको चौतारा टोल विकास संस्थाका प्रतिनिधिको सक्रिय सहभागितामा फोहोर संकलन गरी पोखरा महानगरका २ वटा गाडीमा व्यवस्थापन गरिएको हो ।

वडामा आउदा दिनमा फोहोर ब्यवस्थापनमा सक्रिय सहभागिता जनाउनुको साथै प्रत्येक घरबाट निस्कने फोहोर संकलन गरी राख्ने र महानगरपालिकाको गाडी आएको समयमा व्यवस्थापन गर्न सबैलाइृ आग्रह समेत गरिएको छ । आफ्नो घरबाट निस्कने फोहोर व्यवस्थापन गरेर राख्न समेत टोल विकास संस्थाले आग्रह गरेका छन् ।

मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले आउदो चार्ड दशैसँगै आफ्ना टोल तथा वाटाहरु सफा राख्न आग्रह गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button