नयाँ लोकदोहोरी गीत ‘ताला चाबीले’ सार्वजनिक

पोखरा । नयाँ लोकदोहोरी गीत ‘ताला चाबीले’ सार्वजनिक भएको छ । गायक श्याम जि.टी. र गायिका समीक्षा घर्तीको आवाजमा रहेको यो गीत पोखराको नमस्ते पोखरा ब्रोडकास्टिङ्ग स्टुडियो प्रालिमा रेकर्ड भएको हो । शम्बरबहादुर गायकले लय तथा शब्द संकलन गरेको गीतलाई साहिल गायकले एरेन्ज गर्नु भएको हो ।

गीतको भिडियो समेत आर्कषक बनाइएको छ । नेत्र गुरुङले निर्देशन गरेको भिडियोमा गायक श्याम जि.टी., गायिका समीक्षा घर्तीसहित नवीन बोगटी, निरु थापा मगर, सेमिका जि.टी., अनिल घर्ती रुद्रबहादुर थापा मगर, शिव बहादुर अधिकारीले अभिनय गर्नुभएको छ ।

नेत्र इन्टरटेन्टमेन्टबाट निर्माण गरिएको भिडियोको सम्पादन सवीन गायकले गर्नुभएको हो । सह छायाँकन पुकार पुन मेकअप जय गुरुङको रहेको छ । गीत तयार हुन इन्द्र छन्त्यालको बिशेष सहयोग रहेको छ ।

भिडियो सहितको गीत नमस्ते पोखराको युटुव च्यानलमार्फत सार्वजनिक भएको हो । माया गरेकी श्रीमतीालई छोडेर वाध्यताले विदेशीएपछि घरमा आउदा घरकै तालाचाबी सम्हालेर बसेकी उनै श्रीमती अर्के संग क्षणिक मायामा परेर घर छोडेर भागेको पीडालाई भिडियो मार्फत देखाउन खोजिएको छ । माया गर्ने श्रीमानलाई छोडरेर छोडेर गएपछि झन दुःख र पीडा खेप्दै, अन्तमा घरबाट निकाला गरिएको कथा भिडियोमा समेटिएको छ ।

गायक श्याम जि.टी. धेरै परिवारको यथार्थ जीवन र कथा गीत मार्फत प्रस्तुत गरिएको बताउनुहुन्छ । ‘दर्शक श्रोताले मनपराउने खालको कथो गीत तालाचाबीले बनेको छ, आशा छ दर्शक श्रोताको माया पक्कै मिल्नेछ’ गायक जिटीले भन्नुभयो । गायिका समीक्षा घर्ती गीतलाई उत्कृष्ट बनाउन निकै मेहनत गरेको बताउनुहुन्छ । ‘मेहनतका साथ गीत पस्केका छौ, हामीलाई विश्वास छ यसपटक दर्शक श्रोताले धेरै माया गर्नुहुनेछ’ उहाँले भन्नुभयो ।

नमस्ते पोखरा ब्रोडकास्टिङ्ग स्टुडियो प्रालिका संचालक छवि सुवेदी समेत यस गीतले बजार पाउनेमा आशाबादी हुनुहुन्छ । ‘यो गीत दीर्घकालसम्म मनपर्ने गीत बनेको छ’ पोखरा न्यूजसँग सुवेदीले भन्नुभयो । राम्रा शब्द र लय भएमा रेकडिङको लागि पोखरा सक्षम ठाउँ रहेको उहाँको दावी छ । पोखराबाटनै गुणस्तरयूक्त गीत बन्न सक्छ भन्ने सन्देश तालाचाबीले गीतले यस गीतले दिएको उहाँले सुनाउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button