म्याग्दीमा भीरबाट खसेर एक युवा गम्भीर घाइते

पोखरा । म्याग्दी जिल्ला धौलागिरि गाउँपालिका–५ मल्कावाङ निवासी ४० वर्षीय लालकुमार लाल छन्त्याल घर नजिकैको भीरबाट खसेर गम्भीर घाइते हुनुभएको छ ।

घर नजिकैको भीरमा घास काट्न गएका छन्तयाल आइतबार बिहान भीरबाट खसेर गम्भीर घाइते हुनुभएको हो । छन्त्याललाई उपचारका लागि प्रभु एयरको हेलिकप्टरबाट मनिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ । छन्त्यालको अवस्था गम्भीर रहेको जानकारी म्याग्दी प्रहरीले दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button