गोरखामा ९ प्रहरी सहित १८ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखा जिल्लामा सोमवार दिउसो ९ प्रहरी सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

निर्देशनालयका अनुसार गोरखाको गोरखा नगर पालिका वडा नं ११ का नेपाल प्रहरीमा कार्यरत ९ जना र सोही नगर पालिका अन्य वडाका ८ सहित पालुंगटारका १ जना गरि १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा वडा नं ११ को वडा प्रहरी कार्यालय गोरखा १२ किलोमा कार्यरत २६–२६, २७, ३३–३३ र ३७ वर्ष उमेर समुहका ६ जना पुरुष प्रहरी र २६ र ३३ वर्षीया महिला प्रहरी रहेका छन भने जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत ४८ वर्षीय एक प्रहरीमा समेत कोरोना देखिएको छ ।

त्यसै गरि वडा नं ११ मा संक्रमित हुनेहरुमा ३ र १२ वर्षीय वालकहरु गोरखा १२ किलोमा वडा प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरीका छोराहरु हुन । त्यस्तै सोही वडाका २२ र ५८ वर्षीय पुरुष तथा २५ र ४१ वर्षीया महिलामा कोरोना संक्रमण भएको छ ।

अन्य संक्रमित हुनेहरुमा प्रहरी हिरासतमा रहेका वडा नं १० का ३० वर्षीय पुरुष, वडा नं १४ का ४४ वर्षीय पुरुष रहेका छन भने पालुंगटार वडा नं ९ का ३३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरुको सँख्या ४ हजार २ सय ३१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button