पोखरा महानगरपालिकाका एक  सहित गण्डकीमा थपिए १७ जना संक्रमित

पोखरा । कोरोना संक्रमणबाट कास्की सहित चार जिल्लामा १७ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं २१ का ४४ वर्षीय पुरुष, लमजुङ सुन्दरबजार नगरपालिकाका २३ वर्षीय पुरुष, तनहुँ देवघाट वडा नं ५ का ४३ वर्षीय पुरुष, तनहुँ भानु नगरपालिका वडा १ का ३ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नवलपरासी गैडाकोट नगरपालिका वडा नं १ का ४२ वर्षीय पुरुष, वडा नं २ का ३० वर्षीया महिला, ४७ वर्षीय पुरुष, वडा नं ८ का ५६ वर्षीय पुरुष, वडा नं ९ का २२ वर्षीय पुरुष, वडा नं १० का २४ वर्षीया महिला र ४७ वर्षीय पुरुष, वडा नं १४ का २१ वर्षीय पुरुष, ३६ वर्षीय पुरुष, मध्य बिन्दु नगरपालिका वडा नं १५ का ७५ वर्षीय पुरुष, देवचुली वडा नं १४ का ४७ वर्षीय पुरुष, कावासोती वडा नं ३ का ६० वर्षीय पुरुष, वडा नं १३ का ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३३० पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button