द इनफ्लेम व्यान्डको कभर गीत सार्वजनिक हुँदै

पोखरा । द इन्फ्लेम पोखराको पप व्यान्ड हो । यसको स्थापना आज भन्दा दूईवर्ष अगाडि भएको हो । स्थापनाकालमा व्यान्डको भोकलिष्टमा प्रवेशमान गायक, गीतारमा रुवीन जलारी, बेस गीतारमा रोहन रोका, किर्वोडमा निश्चल पुन र ड्रमरमा सुनील परियार रहनुभएको थियो ।

भोकलिष्ट प्रवेशको घाटीमा समस्या आएपछि भोकलिष्टको रुपमा सलोनी गुरुङको इन्ट्रि भयो । अहिले पोखरा चाउथेकी सलोनीले मुख्य भोकलिष्टको रुपमा व्यान्डलाई अगाडि बढाइरहनुभएको छ । हुनत सलोनीले यो व्यान्डमा आउनु भन्दा पहिल्यै बाट गीत गाउने गर्नुहुन्थ्यो । ‘यो व्यान्डमा आउनु अघिनै कभरसँग र अन्य गीत मार्फत उहाँले आफ्नो प्रतिभा देखाइरहेकी थिए’ पोखरा न्यूजसँग गायिका सलोनीले भन्नुभयो ।

यसै क्रममा व्याण्डले कभर गीत ‘सधै सधै’ असोज २३ गते शुक्रबार साँझ ५ बजे सार्वजनिक गर्दैछ । मन्त्र व्यान्डको गीतलाई इन्फ्लेम व्यान्डले गाएर कभर गीतको रुपमा दर्शक श्रोतामाझ पस्कन लागेको हो । सो गीतबाट दर्शक श्रोताको साथ पाउने विश्वास यो व्याण्डले गरेको छ ।

गीत पोखरामा जारी रहेको सांगीतिक श्रृङ्खला बि.एस.रिदम ब्लाष्ट मार्फत सार्वजनिक हुनेछ । बि.एस. ईन्टरटेण्टमेन्ट पोखराले संचालन गरेको सांगीतिक श्रृङ्खला मार्फत पोखरामा रहेका स्थापित एवं नयाँ व्यान्ड तथा गायकहरुका गीत सार्वजनिक भइरहेका छन् । सिजनको पहिलो श्रृङ्खलामा द ड्रिमर्ज व्याण्डको गीत, दोस्रो श्रृखलामा युवराज पुर्जाको, तेस्रो श्रृखलामा प्रज्वल जोजीजुको र चौथो श्रृंखलामा अडियो फार्म व्यान्डको गीत सार्वजनिक गरिएको थियो ।

आफ्नो गीत सुनेर र हेरेर प्रतिक्रिया दिन द इनफ्लेम व्याण्डले सबै संगीत पारखीहरुमा आग्रह गरेको छ । दर्शकका सुझाब तथा प्रतिक्रियाको आधारमा नयाँ सांगीतिक कोशेली निरन्तर पस्कने तयारी यो व्याण्डले बनाएको छ ।

नयाँ पुस्ताका श्रोता तथा दर्शकको सांगीतिक तृष्णा मेटाई नयाँ प्रतिभाहरुलाई अवसर प्रदान गर्ने रिदम ब्लाष्ट अन्र्तगत आत्म सर्ग, निर्भिक, निष्कर्ष, ब्लाक सीप, वेभ, स्पर्श, विट्नेश, ब्लुमाइण्ड, ब्लाक रोज ब्यान्ड र सुजन पुर्जा, संगम पहाडी, र सब्बुको प्रस्तुति बाँकी नै रहेको छ । यो कार्यक्रमले पोखराको सांगीतिक माहोललाई जगाउन सघाउने आयोजकले विश्वास गरेका छन् । रिदम व्लाष्ट पहिलो सिजन १७ श्रृङ्खलासम्म चल्ने बि.एस.ईन्टरटेण्टमेन्ट पोखराका संचालक सन्जु सुनारले बताउनुभयो ।

दर्शकको श्रोताको अपेक्षा अनुसारका गीत पस्किएर उनीहरुको मन मुटुमा बास बस्ने आफ्नो लक्ष्य रहेको द इनफ्लेम व्यान्डको मुख्य भोकलिष्ट रहनु भएकी गुरुङले बताउनुभयो । यो व्यान्डले लेकसाइडका बारहरु तथा विभिन्न कार्यक्रममा गीत गाउँदै आफ्नो प्रतिभा सुनाउदै आएको छ ।

अब आफ्नै गीत दर्शक श्रोतामाझ पस्कने तयारीमा यो व्यान्ड रहेको छ । ‘अब आफ्नै ओर्जिनल गीत सुनाएर स्थापित हुनेछौ’ सलोनीले भन्नुभयो । घर परिवारबाट सर्पोट हुँदा तथा व्यान्डका साथीहरुको सहयोगकका कारण सांगीतिक यात्रामा सहज बनेको उहाँको भनाई छ । शिक्षिका समेत रहनुभएकी सलोनीले दर्शक श्रोताकै साथ र सहयोगले नै आफ्नो आगामि यात्रा निर्धारण हुने बताउनुहुन्छ । सबै जनराका गीत गाउदै दर्शक श्रोताको ध्यान खिच्ने द इन्फ्लेम व्यान्डको योजना छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button