हुलाक दिवसको अवसरमा पोखरा कार्यालयका पहिलो सेवाग्राहीलाई स्वागत

पोखरा न्यूज । हुलाक सेवा निर्देशनालय पोखराले प्रथम सेवा ग्राहीलाइ कार्यलय परिसरमा स्वागत गरेको छ ।  १४६ औ विश्व हुलाक दिवस तथा ५१ औ नेपाल हुलाक दिवसको अवसरमा मिलन दुलाललाइ निर्देशनालयका प्रमुख किर्तनराज पौडेलले स्वागत गर्नुभएको हो ।

दुलाल सेवाग्राहीको रुपमा हुलाक टिकट खरिद गर्नका लागी बिहान १०.०० बजे कार्यलय परिसरमा प्रवेश गर्नुभएको थियो । सोही अवसरमा उहाँलाई पहिलो सेवा ग्राहीको रुपमा सम्मान गरिएको प्रमुख पौडेलले जानकारी दिनु भयो ।

यसैगरी कार्यलयले सोही अवसर पारेर कार्यलय सरसफाइ तथा वृक्षरोपण गरेको छ । कोभिडका कारण अन्य कार्यक्रमहरु गर्न नपाएको बताउदै प्रमुख पौडेलले हुलाक परिसरलाई फूलवारीको रुपमा विकास गर्न धुपी लगायतका १०० वटा विरुवा रोपिएको बताउनुभयो । परिसरभित्र सम्पूर्ण कर्माचारीको सहयोगमा सरसरफाइ गरिएको पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button