’हुन्न रहेछ परदेशमा’ गीत सार्वजनिक

पोखरा । गायक कमल रेग्मीको आवाजमा रहेको गीत ’हुन्न रहेछ परदेशमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

परदेशको पिडा समेटिएको यस गीतको रचना श्रीकृष्ण अधिकारीले गर्नुभएको हो। कमल रसाइलीले संगीतवद्द गरेको गीतमा टेकेन्द्र याक्शोको संगीत संयोजन रहेको छ।

कोरना महामारीको कारण दशैँ, तिहार मनाउन स्वदेश आउन नपाउनुको पिडा गीत मार्फत पोखिएको छ । शिव बिकको निर्देशनमा भिडियो तयार पारिएको हो। म्युजिक भिडियोमा सारिका केसी र श्रीकृष्ण अधिकारी, कशिश रेग्मी र प्रतिक अधिकारीको अभिनय रहेको छ। रक कौशलले छायांकन गरेको भिडियोलाई पदम सुवेदीले सम्पादन गर्नुभएको हो ।

गीतका रचनाकार अधिकारी लामो समय विदेशमा काम गरेर हाल नेपालमा आधुनिक कृषि व्यवसायमा संलग्न हुनुहुन्छ । गायक रेग्मी समेत विदेशमा काम गरेको अनुभवलाई समेट्दै हाल कृषिसँगै पर्यटन व्यवसायमा संलग्न हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button