पोखराको युनाईटेड क्लबको अध्यक्षमा श्रेष्ठ

पोखरा । युनाईटेड क्लबको अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन । शुक्रबार सम्पन्न क्लबको ११ औ वार्षिक साधारण सभा तथा पांचौ अधिवेशनले राजु श्रेष्ठलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरी अधिवेशनबाट क्लबको प्रथम उपाध्यक्षमा लोकबहादुर थापा, द्धितीय उपाध्यक्षमा गणेश तिमिल्सिना, महासचिवमा शान्तबहादुर थापा, कोषाध्यक्षमा सूर्यवहादुर वाँनिया, सचिवमा दिनेश सुनार र सह–कोषाध्यक्षमा पूर्णकला पोखरेल चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा सीमा राई गुरुङ, जयराम आचार्य, सन्तोष कार्की, पूर्ण कुमार श्रेष्ठ, विष्णु कुमार गुरुङ, देवानी सुवेदी, शिव थापा र चन्द्रा पराजुली चयन भएका छन । अधिवेशनपछि नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले लिएको उद्देश्यमानै आफ्नो कार्यसमिति लागि पर्ने प्रतिवद्धता जनाउनुभयो ।

युनाईटेड क्लबले स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा चिडियाखाना निर्माणमा पहल, सेती नदी संरक्षण र विपद ब्यवस्थापन अन्तर्गत प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको र सोही अनुरुप अगाडि वढ्दै आफ्नो कार्यकालमा असाह्य जेहेन्दार विद्यार्थीलाई क्लबले अध्ययन गराउने लक्ष्य रहेको बताउनुभयो ।

यसैबीच अधिवेशन पूर्व सम्पन्न साधारण सभामा कोषाध्यक्ष गणेश तिमिल्सिनाले आर्थिक वर्ष ०७६/७७ को आर्थिक प्रतिवेदन र महासचिव शान्तबहादुर थापाले आर्थिक वर्ष ०७६/७७ को कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने सदस्यहरुले प्रतिवेदन सर्वसम्मतले पास गरेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button