पोखरामा सामुदायिक पब्लिक एफएमको शुभारम्भ

पोखरा न्यूज । अन्नपूर्ण एफएम प्रालिले संचालनमा ल्याएको सामुदायिक पब्लिक एफएम को शनिबार शुभारम्भ गरिएको छ ।

केही समयदखि म्युजिक एफएमको रुपमा संचालन गरिएको उक्त एफएमलाई नयाँ ढंगले परिमार्जन सहित सामुदायिक एफएमको रुपमा पब्लिक एफएमको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले शुभारम्भ गर्नुभएको हो ।

शुभारम्भ गर्दै केन्द्रीय सदस्य ज्ञवालीले संचार माध्यमहरु कोरोनाको कारण संकटमा परेका वेला नयाँ संचार माध्यम संचालन गर्नु अर्को चुनौती रहेको बताउदै एफएमले नागरिक पत्रकारितामा जोड दिनुपर्नेमा जोड दिनुभयो ।

अन्नपूर्ण एफ.एम.(९३.४ मेगाहर्ज) कै उचाईमा पब्लिक एफएम (९९.६ मेगाहर्ज) पुग्ने प्रालिका अध्यक्ष विश्वशंकर पालिखेले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “ हाम्रा श्रोता र शुभेच्छुकहरुको साथ र सहयोगले गर्दा आज हामी यो स्थानमा रहेका छौं, आगामी दिनमा पनि सवैको साथ र सहयोगले हामीले नयाँ पब्लिक एफएमलाई पनि रेडियो अन्नपूर्णकै स्थानमा पुर्याउन सक्छौं । ” प्रालिका प्रबन्ध निर्देशक सुनयना पालिखले कार्यक्रममा सहभागीलाई धन्वयाद दिदै पब्लिक एफएमले जनताको इच्छा चहाना अनुसारको कार्यक्रम प्रस्तुतः गर्ने बताउनुभयो ।

यसैबीच, अन्नपूर्ण एफएम प्रालिको स्टेशन म्यानेजरको जिम्मा संजय मल्ललाई दिइएको छ । स्टेशन म्यानेजर मल्लले सवैको साथ र सहयोगले रेडियोको साख जोगाउने गरी कुसलतापूर्वक जिम्मेवार वहन गर्ने बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button