नवरात्रिको पहिलो दिन : शक्तिपीठहरुमा दर्शनार्थीको भीड

पोखरा न्यूज संवाददाता । नवरात्रिको पहिलो दिन (शनिबार) काठमाडौं उपत्यकाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ ।

कोभिड–१९ संक्रमणको जोखिमका कारण सरकारले सर्वसाधारणका लागि शक्तिपीठहरु खुल्ला नगर्ने बताए पनि दर्शनार्थीहरु पूजाआजाका लागि पुगेका छन् । शनिबार बिहान भद्रकाली मन्दिरमा पुग्दा पूजाआजाका लागि आउने श्रद्धालुहरुको भिड देखिएको हो । उनीहरु पूजागर्नका लागि लामो लाइनमा पालो कुरिरहेका देखिन्छन । आज नवरात्रिको पहिलो दिन भएकाले पनि भक्तालुहरु मन्दिर तथा शक्तिपीठमा पुगेका हुन् ।

अघिल्ला वर्षहरुको तुलनामा कम भीड भएपनि कोभिड १९ संक्रमणको जोखिमलाई बेवास्ता गर्दैै भक्तालुहरु पूजाआजाका लागि शक्तिपीठ पुगेका छन् । सरकारले भने कुनैपनि मन्दिर र शक्तिपीठमा नित्यपूजा सञ्चालन गर्न बाहेक सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाएको छ । तरपनि मानिसहरु कोभिड संक्रमणको जोखिमको प्रवाह नगरी मन्दिर तथा शक्तिपीठहरुमा पूजाआजा गर्न पुगेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button