पर्वतमा ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु, ५ घाइते

पोखरा न्यूज । पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ रास्कोटको खहरेमा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

ध १ त ३५३ नं को ट्याक्टर शुक्रवार राति ९.३० बजे सडकबाट २५ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी पर्वत जिल्ला बिहादी गाउँपालिका–२ निवासी १२ वर्षीय बालक निखिल परियारको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

दुर्घटनामा परी बिहादी गाउँपालिका–२ निवासी १३ वर्षीय वालक सागर परियार, २३ वर्षीय सन्दिप नेपाली, ४२ वर्षीय शंकर नेपाली , गुल्मी जिल्ला कालिगुण्की गाउँपालिका–७ का ५२ वर्षीय थम्म पुरी र बिहादी–५ निवासी चालक २९ वर्षीय झकबहादुर नेपाली घाइते भएको छन् । घाइते सवैलाई उपचारका लागि पाल्पाको मिसन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button