नेकपा गण्डकीका सांसदहरुले दशैंभत्ता कोरोना कोषमा जम्मा गर्ने

पोखरा न्यूज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकीका सांसदहरुले दशैंभत्ता कोरोना कोषमा जम्मा गर्ने भएका छन ।

नेकपा संसदीय दलको बुधबार बसेको बैठकले दशैंभत्ता वापत प्राप्त हुने रकम  कोरोना नियन्त्रण, उपचार तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा गण्डकी संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले सांसदहरुले प्राप्त गर्ने दशैंभत्ता कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।

यस अघि बुधबार बसेको गण्डकी प्रदेश  मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरुको दशैंभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका ११ जिल्लाबाट ६० जना सदस्यको प्रतिनिधित्व छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button