तनहुँको म्याग्दे गाउँपालिकाको सेवा तीन दिन बन्द

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले तीन दिन सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि शुक्रबारसम्म सेवा बन्द गर्ने निर्णय भएको हो ।

सङ्क्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्न र कोरोनाको जोखिम कम गर्न गाउँपालिकाको कार्यालय र सात वटै वडा कार्यालय यही कात्तिक १४ गतेसम्म बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । सो अवधिमा अत्यावश्यक सेवाबाहेक सबै सेवा पूर्ण रुपमा बन्द रहनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button