स्टार्स खुल्ला एकल नृत्य प्रतियोगिता २०७७ हुँदै

पोखरा । स्टार्स खुल्ला एकल नृत्य प्रतियोगिता २०७७ हुने भएको छ । स्टार्स स्टुडियो प्रालि पोखराले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा यो प्रतियोगिताको आयोजना गरेको हो ।

खुल्ला एकल नृत्य प्रतियोगितामा सबै उमेर समुह र संसारको जुनसुकै कुनामा रहेका नेपालीले भाग लिन पाउने स्टार्स स्टुडियो प्रालिका संचालक जसु गुरुङले बताउनुभयो । प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले आफू नाचेको भिडियो सम्पादन नगरिकन इमेल वा ह्वाट्सएप मार्फत पठाउनुपर्नेछ । भिडियोको अवधि साढे १ मिनेटदेखि ३ मिनेटसम्मको हुनुपर्नेछ ।

सबै बिधाका गीतमा प्रतियोगी सहभागी हुनसक्ने भए पनि नेपाली गीतमा नृत्यगर्नेलाई विशेष प्राथमिकता दिइनेछ । पहिलो अडिसनसहित चार चरणमा अन्तिम प्रतिष्पर्धा गराईनेछ । प्रतियोगिताको विजेता अनलाइन भोटिङ र निर्णायकको निर्णय प्रतिशतको आधारमा घोषणा गरिने सञ्चालक गुरुङले जनाउनुभयो । प्रतियोगितामा भाग लिन चाहनेले कार्तिक २५ गतेभित्र भिडियो पठाइसक्नुपर्नेछ । यसअगाडि कार्तिक ७ गतेसम्म भिडियो पठाइसक्नुपर्ने भनिएपनि दशैंका कारण समय थप गरेर कार्तिक २५ गतेसम्म पु¥याइएको हो ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्धितीय हुनेले २५ हजार रुपैयाँ र तृतीय हुनेले १२ हजार रुपैयाँ हात पार्नेछन् । यसअगाडि स्टार्स स्टुडियोले चौथो वार्षिकउत्सवको अवसरमा खुल्ला एकल कविता प्रतियोगिता समेत आयोजना गरेको थियो । स्टार्स स्टुडियो नेपाली मौलिक लोकसंस्कृति र सांस्कृतिक नृत्यहरुको संरक्षण र प्रर्वद्धनका लागि क्रियाशील संस्था हो । यसको कार्यालय न्यूरोड पोखरामा रहेको छ । लोक नृत्यको प्रशिक्षणका साथै विभिन्न जातजातीको मौलिक भेषभूषाको संरक्षणको क्षेत्रमा यसले काम गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button