स्क्वास् संघद्वारा दिवगंत सांसद केसी तथा राष्ट्रिय खेलाडी शाक्यलाई दियो श्रद्धाञ्जली

पोखरा न्यूज । स्क्वास् राकेट संघ कास्कीले दिवगंत सांसद एवम उद्योगपती सूर्य बहादुर केसी तथा स्कवास्का पूर्व राष्ट्रिय खेलाडी बिकास शाक्यलाई श्रद्धाञ्जली दिएको छ ।

पोखरा रंगशालास्थित स्क्वास् कभर्डहलमा आयोजित एक कार्यक्रमका विच दिवंगत सांसद एवम उद्योगपती केसी र पूर्व राष्ट्रिय खेलाडी शाक्यलाई श्रद्धाञ्जली दिएको हो । उद्योगपती केसीको कार्तिक १७ गते मुस्ताङचोकस्थित आफ्नै निवासमा निधन भएको थियो भने पूर्व राष्ट्रिय खेलाडी एवम संघका संस्थापक तथा कार्यसमिती सदस्य समेत रहेका ५३ वर्षीय शाक्यको सोहि दिन उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा निधन भएको थियो ।

संघद्वारा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले दिवगंत केसी र शाक्यप्रती दुवै जनाको फोटोमा माल्यपर्ण गरी श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो । सो अवसरमा प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनितिक सल्लाहाकार गोविन्द बहादुर नेपाली, राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष यूवराज कुंवर, संघका कार्यसमितीका सदस्य, संघका सचिब प्रविन पालिखे, संघका पदाधिकारी तथा स्क्वास् खेलाडी लगाएतले श्रद्धाञ्जली दिएका थिए ।

कार्यक्रम संघका अध्यक्ष पुष्पराज श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

टेनिस संघद्वारा सांसद एवम उद्योगपती केसीप्रती श्रद्धाञ्जलीे
कास्की जिल्ला टेनिस संघले दिवगंत सांसद एवम पोखराका प्रतिष्ठित उद्योगपती सूर्य बहादुर केसीलाई एक कार्यक्रमकाविच श्रद्धाञ्जली दिएको छ ।

पोखराको टेनिस खेल विकासमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्व गुमाएको भन्दै संघले श्रद्धाञ्जली दिएको हो । संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थले पोखरा रंगशालाको टेनिस कोर्ट निर्माण सांसद केसीको महत्वूर्ण योगदान रहेको बताउनुभयो । संघका अध्यक्ष दोर्जेलामाको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष लोक गुरुङ, सचिब नविन चालिसे, कोषाध्यक्ष राजु गुरुङ, संघका पदाधिकारीहरु सल्लाहाकार तथा खेलाडीहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button