गण्डकीका तिन जिल्लामा फेरि थपिए २६ संक्रमित

पोखरा न्यूज । गण्डकी प्रदेशमा बिहीबार दिउसो ३ जिल्लाका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका २, गोरखाका ४ र नवलपुरका २० गरी २६ जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमित हुनेहरुमा तनहुँ आँवुखैरेनी ३ का १ पुरुष, भानु ६ का १ पुरुष, गोरखा जिल्ला गोरखा नगरपालिका ९ का १ पुरुष, शहिदलखन ३ का १ पुरुष, पालुङटार ७ का १ पुरुष, ८ का १ पुुरुष रहेका छन ।

त्यस्तै नवलपुर कावासोती ८ की १ महिला, ९ का १ पुरुष, मध्यविन्दु ६ की १ महिला, १२ का १ पुरुष, गैडाकोट १ का ३ पुरुष तथा २ महिला, २ का १ पुरुष तथा १ महिला, ४ का १ पुरुष, ५ की १ महिला, ८ की १ महिला, ११ का १ पुरुष र १६ की १ महिलामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ५८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button