पोखरा १४ मा वहुउद्देश्यीय रंगशाला निर्माण गर्न प्रदेश सरकारको चासो

पोखरा न्यूज । पोखरा महानगरपालिका वडा नं १४ मा गण्डकी प्रदेश सरकारले भन्दै आएको वहुउद्देश्यीय रंगशाला निर्माण गर्न चासो दिएको छ ।

पोखरा महानगरपालिका वडा नं १४ ले आफ्नो वडामा वहुउद्देश्यीय रंगशालाका लागि आवश्यक पर्ने ३ हजार ५ सय रोपनी जग्गामा रंगशाला निर्माण गर्ने निर्णय गरेपछि प्रदेश सरकारले चासो दिएको हो । प्रदेश सरकारका समाजिक विकास मन्त्री नरदेवी पुन सहितको टोलीले शुक्रबार रंगशालाका लागि तोकिएको ठाउँको स्थलगत निरिक्षण गरेको छ ।

मन्त्री पुन सहित गण्डकी प्रदेश सरकारका योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेल, सामाजिक विकास मन्त्रालयका सचिब डा.राम प्रसाद घिमिरे, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ लगाएतको टोलीले पोखरा १४ स्थित भेडीफर्मको जग्गा निरिक्षण गरेको थियो ।

मन्त्री पुनले वडाले  करिव ३ हजार ५ सय रोपनी सार्वजनिक जग्गामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने निर्णय गरेकोले उक्त ठाउँको निरिक्षण गरेको बताउनुभयो । उहाँले भन्नुभयो–“अहिले नै सबै निर्णय भइसकेको छैन तर सरकारको उद्धेश्य अनुरुप वहुउद्देश्यीय रंगशाला निर्माणका लागि आवश्यक जग्गाको खोजी भने गरिरहेका छौं ।” वडा नं १४ ले रंगशाला निर्माण गर्ने  निर्णय समेत गरिसकेकोले जग्गा प्राप्तीका लागि प्रदेश सरकारले पहल थाल्ने उहाँले बताउनुभयो ।

यता वडाध्यक्ष प्रेम बहादुर कार्कीले आफ्नो वडामा भेडी फार्मले तारवार लगाएर राखेको करिव ३ हजार ५ सय रोपनी जग्गामा रंगशाला निर्माणका लागि निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो–“कृषी मन्त्रालय अन्तरगतको भेडी फार्मको १ हजार ९२ रोपनी जग्गा भए पनि धेरै जग्गा फर्मले ओगटेर तारवार लगाएर राखेकोले त्यो अनुपत्पादक भएको छ”, उहाँले थप्नुभयो–“त्यो बाहेकको करिव ३ हजार ५ सय रोपनी जग्गामा हामीले रंगशाला निर्माण गर्ने सोच बनाएका हौं ।” कृषी मन्त्रालय सँग सम्न्वय गरेर रंगशाला निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गरिने समेत उहाँले बताउनुभयो । गल्फ सहित सवै खेलकुद अटाउने एक मात्र प्रदेश सरकारको उद्धेश्य परिपुर्ती गर्न यो ठाउँ निकै उपयूक्त हुने उहाँको भनाई छ ।

भेडीफर्म र निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणतर्फ रहेको उक्त जग्गा प्राकृतिक रुपमा समेत निकै मनमोहक रहेको नेपाल ओलाम्पिक कमिटीका उपाध्यक्ष गुरुङलृ बताउनुभयो । पोखरा रंगशाला पछि वहुउद्धेश्यिय रंगशाला निर्माण गर्न उक्त स्थान उपयुक्त रहेको उहाँको भनाई छ ।

उहाँले थप्नु भयो–“कहिले महानगरले डम्पिङ साइट र कहिले अन्तर्राष्ट्रिय विमानस्थल भन्दै स्थानियको उठिवास बनाउनुभन्दा खेलकुदको रंगशाला निर्माण भयो भने यो ठाउँको विकास हुन्छ भन्ने स्थानियको सोचाई छ ।” पोखरा महानगरले पनि डम्पिङ साइट बनाउँदा स्थानिय सँग गरेका शर्तहरु पुरा नगरेको गुनासो राख्दै उहाँले खेलकुद रंगशाला निर्माण गर्ने भन्ने तर पहिलाकै अवस्था हो भने त्यो पनि सह्य नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–“फेरि पुरानै अवस्था दोर्हाउने हो भने चुप लागेर वस्ने अवस्था रहन्न, राष्ट्र र पोखराको समृद्धीका लागि रंगशाला निर्माणको काम अघि सारौ यसमा हाम्रो सहमती रहनेछ तर योजना फाइलमा मात्र सिमित नवनोस ।”

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button