नेपालगञ्ज म्याराथन विजेता धावक सोझै ओलम्पिकमा सहभागिता जनाउन पाउने

पोखरा न्यूज । नेपालगञ्ज म्याराथनका विजेता पुरुष धावकले सोझै जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन पाउने भएका छन ।

कोभिड–१९ का कारण नेपालमा छनौट खेल हुन नसकेपछि नेपालगञ्ज म्याराथनलाई नै छनोट खेलका रुपमा लिइने नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जनाएको हो । एनओसीका महासचिब निलेन्द्रराज श्रेष्ठका अनुसार विजेता पुरुष धावक सोझै ओलाम्पिकमा सहभागिता जनाउन पाउने छन । उहाँले भन्नुभयो–“कोभिड १९ का का कारण यतिबेला छनोट प्रतियोगिता सम्भव नभएकाले नेपालमा मंसिर ६ मा आयोजना हुने नेपालगञ्ज म्याराथनलाई नै खेलाडी छनोट प्रतियोगिताका रुपमा लिने निर्णय गरेका छौं ।”

सो बारे थप जानकारी दिंदै एनओसीका महासचिब श्रेष्ठले कोभिडका कारण नेपालमा खेलकुद गतिविधी ठप्प रहेको अवस्था नेपालगञ्ज म्याराथनले खेलाडी जगतमा उत्साह छाउने बताउनुभयो । उहाँले भन्नुभयो–“कोभिडका कारण ओलम्पिकका लागि पुरुष म्याराथन धावक छनोट गर्ने वातावरण बनेको थिएन नेपालगञ्ज म्याराथनले जुराएको छ, यो सुखद पक्ष हो ।”

नेपालगञ्ज म्याराथन आयोजकले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले लागु गरेका स्वास्थ्यका सबै मापदण्ड अपनाएर आयोजना हुने जानकारी दिएकोले पनि एनओसी लगाएत खेलाडी तथा खेलकर्मीहरु उत्साहित भएको उहाँले स्पष्ट पार्नु भयो । नेपालगञ्ज म्याराथनले नेपाली खेल जिवनलाई अगाडी वढाउने मात्र नभई कोभिड १९ का कारण सुस्ताएको पर्यटन खेलकुद मार्फत पर्वद्धन गर्न समेत सहयोग पुग्ने उहाँले भनाई थियो ।

टोकियो ओलम्पिक विश्वमा कोभिड– १९ महामारीका कारण एक वर्ष पछि धकेलिएको छ । सन २०२० तोकिएको ओलम्पिक सन २०२१ को जुलाई २३ देखि अगस्त ८ सम्म हुनेभएको छ । नेपालले टोकियो ओलम्पिकका लागि आफ्नो विशेष तयारी शुरु गरिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button