कोभिडका कारण नवौ राष्ट्रिय खेलकुद प्रभवित भयो–मन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले  कोभिड-१९ का कारण नवौ राष्ट्रिय खेलकुद प्रभावित भएको बताउनुभएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)को ११ औं साधारणसभाको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले उक्त कुरा बताउनुभएको हो  । मन्त्री विश्वकर्माले कोभिड-१९ का कारण विश्वनै प्रभावित भइरहेको बेला नेपाली जनजीवन सँगै खेलकुद समेत प्रभवित भएको  छ, उहाँले भन्नुभयो–“यदि कोभिड महामारी नभएको भए यतिवेला हामी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीमा हुने थियौं, तर त्यो अहिलेको अवस्थामा सम्भव हुन सकेको छैन ।”

मन्त्री विश्वकर्माले नेपाली खेलकुद  जीवनलाई सामान्यीकरण तर्फ अघि बढाउन सरकारले निर्णय गरेको बताउँदै मन्त्री विश्वकर्माले जोखिम तथा सवै चुनौतीका बावजुद पनि खेलकुद अघि बढाउनुपर्ने बताउनुभयो । नेपालको ओलम्पिक अभियान लामो समयको विवाद पछि एकजुट भएर अगाडि वढेको प्रति सम्पुर्ण ओलम्पिक कमिटी बधाईको पात्र बनेको बताउँदै उहाँले खेलकुद विकास ऐनले समेत ओलम्पिकलाई महत्वका परिभाषित गरेको समेत बताउनुभयो । उहाँले भन्नुभयो–“लामो समय देखिको विवाद समाधानका लागि मन्त्रालयले जुन पहल गर्यो र त्यसका लागि जुन विश्वास तथा सर्मथन प्राप्त भयो त्यौ निकै सुखद रह्यो ।” समय र परिस्थितिका अनुसार चल्न पर्ने भएकोले पनि यो साधारण सभा निकै महत्वपुर्ण रहेकोे भन्दै साधारण सभा नेपाली खेलकुदको विकासमा कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले टोकियो ओलम्पिक परिषदले आफ्नो तयारी शुरु गरिसकेको बताउँदै अन्तर्राष्ट्रिय प्रशिक्षकहरुलाई नेपाल बोलाएर भए पनि प्रशिक्षण दिने बताउनुभयो । उहाँले कोभिड १९ को महामारीबाट खेलाडीलाई जोगाउँदै परिणाममुखी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सातवटै प्रदेशमा खेलकुदलाई सूचारु गर्न राखेपले सोच समेत बनाइसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका (एनओसी)का मानार्थ अध्यक्ष रुक्म शम्सेर राणा, मानार्थ सदस्य धुर्व बहादुर प्रधान, पूर्व खेलकुद मन्त्री शरदसिंह भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, ओलम्पियन दिपक विष्ट, एनओसीका उपाध्यक्ष चतुरानन्दराज वैद्य, महासचिब निलेन्द्रराज श्रेष्ठले नेपालको ओलम्पिक अभियानलाई  वढाउन एक जुट हुँदै अगाडी वढ्नुको विकल्प नरहेको धारणा राख्दै स्वास्थ्यका मापदण्ड अपनाउँदै खेलकुद क्षेत्रलाई सूचारु गर्नेमा अरु विकल्प नभएको धारणा राखेका थिए ।

उद्घाटन सत्र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम सांसद  जीवनराम श्रेष्ठको अध्यक्षतामा भएको थियो । कोभिड १९ का कारण एनओसीले आफ्नो साधारणसधा भर्चुअल मार्फत गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button