पोखरामा एकै पटक ६१ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेशका थप ८१ जनामा कोरोना देखियो

पोखरा न्यूज । पोखरामा ६१ सहित गण्डकी प्रदेशमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पोखरा महानगरपालिका वडा नं १ का २ पुरुष तथा ३ महिला, २ का १ पुरुष, ३ का ५ पुरुष तथा १ महिला, ४ का १ महिला, ५ का १ महिला, ७ का ३ पुरुष, ८ का ४ पुरुष, ९का ४ पुरुष तथा १ महिला, १० का ३ पुरुष तथा १ महिला, १२ का २ पुरुष, १३ का ३ पुरुष तथा १ महिला, १४ का २ पुरुष तथा १ महिला, १५ का २ पुरुष २ महिला, १६ का २ पुरुष तथा १ महिला, १७ का ४ पुरुष तथा २ महिला, १८ का १ पुरुष, २२ का १ पुरुष २६ का १ पुरुष, २७ का १ पुरुष तथा १ महिला, २९ का १ पुरुष, वडा नखुलेका २ पुरुष तथा २ महिला रहेका छन् ।

त्यस्तै संक्रमित हुनेहरुमा गोरखा शहिद लखन थापा गाउँपालिका वडा नखुलेका १ पुरुष, गोरखा पालुङटार वडा नखुलेका ४ पुरुष तथा १ महिला, लमजुङ मध्यनेपाल ८ का १ पुरुष, लमजुङ मस्याङ्दीका २ महिला, लमजुङ सुन्दरबजार वडा नखुलेका १ पुरुष तथा १ महिला, स्याङजा वालिङका १ पुरुष, वालिङ नगरपालिका वडा नखुलेका २ पुरुष तथा १ महिला, तनहुँ व्यासका २ पुरुष, तनहुँ शुक्ला गण्डकीका १ महिला, पर्वत कुश्माका २ पुरुष छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १०२८५ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button