पोखराका थप ८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा १५ संक्रमित थपिए

पोखरा न्यूज । पोखराका ८ सहित गण्डकी प्रदेशमा बुधबार बिहान थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ९ का १ पुरुष, १० का १ पुरुष तथा १ महिला, ११ का १ पुरुष, १७ का १ महिला, २५ का १ महिला र वडा नखुलेका १ पुरुष तथा १ महिला रहेका छन् ।

त्यस्तै स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका वडा नखुलेका १ पुरुष तथा २ महिला, म्याग्दी जिल्ला बेनी नगरपालिका ८ का १ पुरुष तथा २ महिला, तनहुँ जिल्ला पालिका नखुलेका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या १० हजार ५१२ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button