रेडक्रसद्वारा नेपाल सरकारलाई भेन्टिलेटर सहयोग

पोखरा न्यूज । नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ ।

रेडक्रसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको हो । बिहीबार रेडक्रसकी उपाध्यक्ष शर्मिला कार्कीको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सहयोग स्वरुप भेन्टिलेटर उपलब्ध गराएको हो ।

रेडक्रसले सात वटै प्रदेशलाई एक/एक वटा वितरण गर्ने गरी सातवटा भेन्टिलेर उपलब्ध गराएको हो । भेन्टिलेटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले रेडक्रसले गरेको सहयोगले संक्रमित बिरामीहरुको उपचारका लागि महत्वपूर्ण हुने बताउनुभयो । यस्तै उपलब्ध भेन्टिलेटरहरु सात वटै प्रदेशका सबैभन्दा धेरै विरामी आउने अस्पतालमा उपलब्ध गराउने प्रतिवद्धता समेत मन्त्री ढकालले व्यक्त गर्नुभयो ।

रेडक्रसले उपलब्ध गराएको भेन्टिलेटर मध्ये एकवटा भेन्टिलेटर बागमती प्रदेश अन्तर्गत काठमाडौंमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आजै उपलब्ध गराइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यसअघि भारतीय सरकारले २८ वटा भेन्टिलेटर र अमेरिकी सरकारले एक सय वटा भेन्टिलेटर उपलब्ध गराएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button