पोखरा आउदै गरेको स्कुटरको ठक्करबाट बालक घाइते

पोखरा न्यूज । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका-२ को गाछेपानीमा विहान स्कुटरले ठक्करदिँदा एक बालक गम्भीर घाइते भएका छन् ।

गोरखाबाट पोखरातर्फ आउदै गरेको लु ६० प ५४९ नं को स्कुटरले तनहुँको गाछेपानीमा १० वर्षीय बालक सौरभ थापालाई बिहान ९ बजे ठक्कर दिएको हो । तनहुँ शुक्लागण्डकी नगरपालिका-२ निवासी १० वर्षीय बालक पैदल हिडिरहेको अवस्थामा स्कुटरले ठक्कर दिएको  प्रहरीले जनाएको छ ।

घाइते बालकको दुलेगौडा स्थित तनहुँ सेवा अस्पतालमा सामान्य उपचारपछि कालीगण्डकी अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  बालकको टाउको र निधारमा चोट देखिएको छ ।

प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button