पोखरामा २७ सहित गण्डकी प्रदेशमा थपिए ३३ कोरोना संक्रमित

पोखरा न्यूज संवाददाता । पोखरामा २७ सहित गण्डकी प्रदेशमा मंगलबार दिउसो थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष तथा २ महिला, ४ का १ पुरुष, ५ का १ पुरुष, ७ क १ पुरुष, ८ का १ पुरुष तथा १ महिला, ९ का १ पुरुष, १० का ४ पुरुष तथा ३ महिला, ११ का २ पुरुष तथा ३ महिला, १२ का १ पुरुष, १३ का २ पुरुष, १४ का १ महिला, १६ का १ महिला रहेका छन् ।

त्यस्तै लमजुङ जिल्ला मध्य नेपालका १ महिला, बेँसीशहरका १ महिला, स्याङजा जिल्ला वालिङ नगरपालिकाका २ पुरुष तथा १ महिला, स्याङ्जा फेदीखोलाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११३१४ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button