कोरोना कहर : (कोभिड—१९) का कारणले थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिदै

पोखरा न्यूज संवाददाता । कोरोना भाइरस (कोभिड—१९) का कारण थलिएको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ ।

संक्रमणको जोखिम र नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउनका कारण बन्द रहेका पर्यटकीयस्थलहरु सञ्चालनमा आउन थालेसँगै व्यवसायले पनि गति लिन थालेको हो । पर्यटकीय नगरी पोखरामा प्याराग्लाइडिङ, फेवातालमा डुंगा सयर देखि लिएर क्यानोनिङ खुला भएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणका रुपमा रहेका यी क्षेत्रहरु खुला हुन थालेसँगै पर्यटकहरुको संख्या पनि बढ्दै गएको व्यवसायीहरु बताउँछन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ घलेलमा रहेको पोखरा क्यानोनिङ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गन्तव्य बन्दै गएको छ । असोज १ गतेबाट सञ्चालनमा आएको क्यानोनिङ दशैतिहारपछि भने व्यस्त हुन थालेको छ । हजारौको संख्यामा क्यानोनिङ गर्नेस्थल पोखरा क्यानोनिङ कोरोना कहरका कारण पहिलाको अवस्थामा आउन केही समय लाग्ने निश्चत छ । यद्यपी लकडाउन पछिको समयावधिमा करिब २ सय जनाले क्यानोनिङ गरेका छन् । प्रकृतिसँग रमाउन आउने मानिसहरुको संख्या लकडाउनपछि बढेको भएपनि कोरानाअघिको अवस्थामा फर्किन अझै केही समय लाग्ने पोखरा क्यानोनिङका संचालनक राम गुरुङले बताउनुभयो ।

कोभिड संक्रमणको जोखिमका कारण प्रतिदिन १० जनाको मात्रै अर्डर लिने गरिएको उहाँले बताउनुभयो । क्यानोनिङका गर्न जानेहरुका लागि त्यहाँ स्यानीटाइर, मास्क र भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षाका उपाय अपनाउने गरिएको उहाँले बताउनुभयो । २०७० सालमा स्थापना भएको पोखरा क्यानोनिङमा अहिलेसम्म हजारौं मानिसले क्यानोनिङको आनन्द लिइसकेका छन् । डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिँदै, चिप्लिँदै, झरना र खोलाका छाँगाबाट खस्दै खेलिने क्यानोनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित भइरहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button