कोरोनाबाट पोखरामा उपचाररत थप २ जनाको मृत्यु

पोखरा न्यूज । कोरोनाका कारण पोखरामा उपचाररत थप २ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंसिर ७ गते  कोरोना संक्रमण पुष्टि भइ पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा १३ की ६६ वर्षीया महिलाको बुधबार बेलुका ९:३० बजे  मृत्यु भएको हो ।

त्यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भइ कास्की सेवा हस्पिटलमा उपचाररत लमजुङ मध्येनेपाल ७ की ८७ वर्षिया महिलाको बिहीबार बिहान २:३० बजे मृत्यु भएको हो ।

यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट  मृत्यु हुनेको संख्या १४४ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button