५० प्रतिशत छुटको व्यवस्था गरेपछि पोखरामा प्याराग्लाइडिङ गर्नेको संख्या बढ्दो

प्याराग्लाइडिङ गर्ने आन्तरीक पर्यटक हालसम्मकै उच्च

पोखरा न्यूज संवाददाता । सरकारले कोभिड -१९ संक्रमणको जोखिमका कारण गरेको लकडाउन पश्चात ठप्प रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै गएको छ । पर्यटन क्षेत्र सुचारू भएसँगै नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा रहेको पोखरामा पनि पर्यटकीय गतिविधिहरु सञ्चालन हुन थालेका छन् ।

लकडाउनपछिको लामो समय पश्चात पोखरामा सबैभन्दा बढी आन्तरिक पर्यटन भित्र्याउने क्षेत्र प्याराग्लाइडिङ बनेको छ । अहिले पोखराको आकाशमा दैनिक ५ सय देखि ६ सय जनाले प्याराग्लाइडिङ उडान गर्ने गरेको नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सुस्ताएको पर्यटन व्यवसायलाई उकास्न ५० प्रतिशत छुटको व्यवस्था गरिएपछि प्याराग्लाइडिङ उडान गर्नेहरुको संख्या ह्वात्तै बढेको नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिव बलराम आचार्य बताउनुहुन्छ । ‘प्याराग्लाइडिङ उडानको पुरानो मुल्यमा अहिले ५० प्रतिशत छुट दिएर ३ हजार ५ सय कायम गरेपछि आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ,’ आचार्यले भन्नुभयो । अहिले  प्रकृतिसँग रमाउन चाहनेहरुका लागि राम्रो माहोल सिर्जना भएको र व्यवस्थापन पनि चुस्त रहेको उहाँले बताउनुभयो ।

महासचिव आचार्यले दशैँ तिहारको अवधिमा पोखरामा प्याराग्लाइडिङ उडान गर्नेहरुको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको जनाउदै यो समयमा पोखराको इतिहासमा हालसम्म कै धेरै आन्तरीक पर्यटकले प्याराग्लाइडिङ उडान गरेको बताउनुभयो ।

अहिले एउटा कम्पनीले प्रतिदिन दुई पटक मात्रै उडान भर्ने व्यवस्था गरिएको छ । समय तालिका मिलाएर उडानको अनुमति दिइएको उहाँले बताउनुभयो । एकैसमयमा सबैलाई उडान अनुमति दिँदा टेकअप, ल्यण्डीङको समस्या उत्पन्न भइ दुर्घटनाको सम्भावना हुने भएकाले त्यसलाई व्यवस्थित गर्न समय तालिका निर्धारण गरिएको हो ।

पोखरामा नेपाल हवाई खेलकुद संस्थाबाट उडान अनुमति पाएका ३३८ प्यारापाइलट छन् । ६१ प्याराग्लाइडिङ कम्पनीमध्ये ११ कम्पनीले मात्रै लकडाउनपछि उडान भरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button