पोखरामा ५० कोरोना संक्रमित थपिए, थप २ जनाको मृत्यु

गण्डकीमा थप १०५ जनामा संक्रमण पुष्टि

पोखरा न्यूज ।  गण्डकी प्रदेशमा आइतबार थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराका महानगरका ५० र रुपाका ८ गरी कास्कीका ५८ जना सहित गोरखाका १८ जना, नवलपुरका १२ जना, तनहुँका १० जना, स्याङजाका ३ जना तथा पर्वत र लमजुङका २-२ जना गरी थप १०५ जनामा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका वडा नं १ का १३ पुरुष तथा ९ महिला, ३ की १ महिला, ४ का २ पुरुष तथा १ महिला, ६ का २ महिला, , ८ की १ महिला, ९ का १ पुरुष, १० का २ पुरुष, ११ का १ महिला, १२ का ३ पुरुष तथा २ महिला, १३ की १ महिला,१४ की १ महिला १५ का २ पुरुष तथा १ महिला, १६ का १ पुरुष तथा १ महिला, १७ का २ पुरुष, १९ का १ पुरुष, २९ की १ महिला, पोखरा महानगरपालिका वडा नखुलेका १ महिला र रुपा गाउँपालिकाका ५ पुरुष तथा ३ महिला रहेका छन् ।

त्यस्तै तनहुँ व्यासका १ पुरुष, म्याग्देकी १ महिला, आँबुखैरेनीका १ पुरुष, शुक्लागण्डकीका ४ पुरुष तथा ३ महिला, स्याङ्जा पुतलीबजारका १ पुरुष तथा १ महिला, अर्जुन चौपारीका १ महिला, पर्वत कुश्माका १ पुरुष तथा १ महिला ,गोरखा आरुघाटका ५ पुरुष, सिरानचोकका १ पुरुष, गोरखा नगरपालिकाका ६ पुरुष तथा ३ महिला, भीमसेन गाउँपालिकाका १ पुरुष तथा २ महिला, लमजुङ बेँसीसहरका २ महिला, नवलपुर कावासोतीका १ पुरुष तथा १ महिला, मध्यबिन्दुका १ पुरुष तथा १ महिला, हुप्सेकोटकी १ महिला र देवचुलीका ३ पुरुष तथा ४ महिलामा कोरोना भाइरस देखिएको निर्देशनालयले जनाएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ९ सय ६७ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ४२ जना निको भएसंगै प्रदेशमा संक्रमणमुक्त्त हुनेको संख्या ६ हजार ९ सय १० पुगेको छ ।

कोरोनाका कारण प्रदेशमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि भइ पोखराका छुट्टाछुट्टै अस्पतालमा उपचाररत २ पुरुषको मृत्यु भएको हो ।

मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भइ पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा १९ का ५७ वर्षीय पुरुषको शनिबार राति ९ :२० बजे उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

त्यसै गरी मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभीड – १९ उपचार केन्द्रमा उपचाररत पोखरा ११ का ६० वर्षीय पुरुषको आइतबार बिहान ५ :४५ बजे उपचारको क्रममा मृत्यु भएको निर्देशक डा. शर्माले जनाउनुभयो । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५४ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button