पर्वतका २ युवा लागुऔषधसहित नवलपरासीबाट पक्राउ

पोखरा न्यूज । नवलपुरको कावासोतीबाट बिहीबार बिहान लागुऔषधसहित पर्वत जिल्ला कुश्मा नगरपालिकाका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपुरको कावासोती-१६ डण्डामा लु२ख २१३१ नं को बसमा चेकजाँच गर्ने क्रममा लागुऔषधसहित ती युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पर्वत जिल्ला कुश्मा नगरपालिका ८ निवासी २१ वर्षीय अनिल परीयार र कुश्मा-४ निवासी २१ वर्षीय बबिन पुन रहेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उनीहरुको साथबाट फेनारागन ५२ एम्पुल, डाईजापाम ५२ एम्पुल र नुफिन ५२ एम्पुल बरामद गरेको जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button