हेरिटेज अफ फेसन नेपालको दोस्रो संस्करण हुने

पोखरा । हेरिटेज अफ फेसन नेपालको दोस्रो संस्करण हुने भएको छ । हेरिटेज अफ फेसन नेपालको आयोजक एएसएपी इन्टरटेनमेन्ट हो । एएसएपीले यस अगाडि पहिलो संस्करणको हेरिटेज अफ फेसन नेपाल अष्ट्रेलिया र नेपालमा सफलतापूर्वक सम्पन्न गरेको थियो ।

अष्ट्रेलियाको सिड्नीमा नेपाल चिनाउन भएको फेसन शो मा नेपाल सहित भारत, चीन, अष्ट्रेलिया, न्युजिरल्याण्ड, कोरिया, फिलिपिन्स आदि देशका कूल ३५ जना मोडलहरु र्याम्प वाल्कमा देखिएका थिए । यता पोखरामा भएको फेसन शो मा नेपालका विभिन्न ठाउँका महिला तथा पुरुष गरी कूल २७ जना मोडलहरुले र्याम्प वाल्कमा देखिएका थिए ।

पहिलो संस्करणको कार्यक्रमबाट पाएको सर्पोटका कारण दोस्रो संस्करणको कार्यक्रम गर्न उत्साहित भएको आयोजक संस्थाका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले पोखरा न्यूजलाई बताउनुभयो । दोस्रो संस्करणको कार्यक्रम समेत नेपाल र अष्ट्रेलियामानै हुनेछ । कार्यक्रम आगामी चैत्र २ गते आयोजकको तयारी हो । दोस्रो संस्करणको कार्यक्रम दुवई र युरोपमा समेत आयोजना गर्ने आयोजकको योजना छ ।

नेपाली पोशाक र नेपाली कला संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो फेसन शो गर्न लागिएको हो । नेपालका विभिन्न जातजातीले लगाउने पोशाक सहित नेपाल झल्काउने थिममा सजिदै मोडलहरु र्याम्प वाल्क मार्फत दर्शकमाझ प्रस्तुत हुनेछन् । दोस्रो संस्करणको फेसन शोमा नेपाली तथा विदेशका मोडलको सहभागिता हुने प्रबन्ध निर्देशक अधिकारीले बताउनुभयो ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button