पोखरा थिएटरमा अभिनय कक्षा सञ्चालन हुँदै

रंग क्षेत्रका सबै गतिविधि अगाडि बढाउने तयारी

पोखरा । लामो समयदेखि सुनसान बनेको पोखरा थिएटरले आफ्ना गतिविधिलाई पुनः संचालनमा ल्याउने भएको छ ।

यही पौष १९ गतेबाट अभिनय कक्षा शुरु हुने छ भने अभिनय तथा रंग क्षेत्रमा रुचि राख्ने व्यक्तिहरुको लागि लक्षित गरेर कक्षा सञ्चालन गर्न लागिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले पोखरा न्यूजलाई जानकारी दिनुभयो । अभिनय कक्षा स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमा सञ्चालन गरिने बताइएको छ ।

पोखरा थिएटरले नयाँ प्रतिभालाई रंगक्षेत्रमा ल्याउन अभिनय कक्षा निरन्तर सञ्चालन गर्दै आएको छ अध्यक्ष रिवर्तनले भन्नुभयो–‘चौथो ब्याचको रुपमा हामीले पौष १९ गतेबाट २० जना प्रशिक्षार्थीलाई लिएर नयाँ अभिनय कक्षा संचालन गर्दैछौ । भर्ना प्रक्रिया शुरु भइसकेको जानकारी परवर्तनले दिनुभयो ।

अभिनय कक्षा तीन महिना अवधिको हुनेछ । लाइफ स्किल, ड्रामा, थिएटर, एक्टिङ र प्रोडक्सन क्षेत्रका बारेमा विद्यार्थीले जान्ने मौका यस अभिनय कक्षाबाट प्राप्त गर्न सक्नेछन् । तीन महिनासम्म दैनिक ३ घण्टाको दरले हप्तामा ५ दिन कक्षा हुनेछ । अभिनय कला सिक्न चाहने व्यक्तिले ग्रैहापाटन पोखरामा रहेको पोखरा थिएटरमा सम्पर्क गर्नुपर्ने उहाँले बताउनुभयो ।

कोभिड १९ को प्रभावले आक्रान्त परिरहेको रंगमन्चलाई जीवन्त राख्न थिएटरले यस अगाडि अभिनय तथा निर्देशन सम्बन्धी भर्चुअल कक्षा समेत सञ्चालन गरेका थियो । पोखराको गन्धर्व नाटघरमा नाटक मञ्चन नभएको नौ महिना भैसकेको छ । दुई बर्षको अवधिमा मात्र पोखरा थिएटरमा ४८ वटा नाटक मञ्चन भएका थिए ।

नयाँ पुस्तामा रंगक्षेत्रको आर्कषण बढाउन थिएटरले बाल अभिनय कार्यशाला मात्र नभएर स्कूल- स्कूलमा पुगेर रंगक्षेत्रमा अगाडि बढ्न खोज्ने प्रतिभालाई अवसर प्रदान गरेको थियो । अब सबैको साथ सहयोगमा पुनः रंग क्षेत्रका सबै गतिविधि अगाडि बढाउने तयारीमा आफूहरु लागेको अध्यक्ष परिवर्तनले बताउनुभयो । अब छिट्टै पोखरा थिएटरको गन्धर्व नाटकघरमा बसेर दर्शकले नाटक हेर्न पाउने उहाँको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button