परशुराम पाण्डेको ’माया दिन्छु अपार’ मा सुधीर श्रेष्ठ र दीपा शर्मा

पोखरा न्यूज । चितवनका गायक परशुराम पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । पाण्डेको स्वरमा ’माया दिन्छु अपार’ बोलको आधुनिक कवाली शैलीको उक्त गीत उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

आज (आइतबार) सार्वजनिक भएको गीतमा गायक पाण्डेकै शब्द तथा संगीत रहेको छ । गीतमा मनोहर सुनामको संगीत संयोजन छ । गीतको भिडियो चितवनकै मनोरम पर्यटकीय स्थलहरुमा छाँयाकन गरिएको छ । चितवनको जलबीरेस्थित लामो झरना, नारायणी नदी किनार, लाइम एण्ड लेमन लगायतका स्थानहरुमा गीतको छाँयाकन गरिएको हो ।

भिडियोमा अहिलेका चर्चित मोडल सुधीर श्रेष्ठ र दीपा शर्मा फिचर्ड छन् । यस्तै गायक पाण्डेसहित अन्य स्थानीय कलाकारहरुलाई पनि भिडियोमा देख्न सकिन्छ । भिडियोलाई सुरेश चौधरीले निर्देशन गरेका हुन् । यस्तै गीतमा नृत्य निर्देशन पनि चौधरीकै छ । प्रवेश पण्डित, प्रीतम कार्की, बिजय नेपाली र अर्जुन चापाँगार्इंले खिचेको भिडियोलाई सुरेश चौधरीले सम्पादन गरेका हुन् ।

गायक पाण्डेले गीतलाई दर्शक श्रोताहरुले मन पराउने विश्वास रहेको बताए । उनले नेपाली बजारमा कवाली शैलीको गीतहरु खास्सै नबनेकोले यसबाट फरक स्वाब पाउने बताए । पछिल्लो समय लोक आधुनिक गीत बढी बनिरहेको नेपाली बजारमा कवाली शैलीको गीतबाट फरक पन दिने प्रयास गरेको उनको भनाई छ ।

पाण्डेको यस अघी ’के लानु छ र मरेर’ बोलको लोक चुट्का भजन र ’जय शिव शंकर’ बोलको शिव भजन निकै चर्चित छ । यस्तै उनका आधा दर्जन बढी चर्चित भजनहरु छन् । उनी चितवनमा नै संगीत पनि सिकाउछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button