पोखरामा ५९ सहित गण्डकी प्रदेशमा थपिए ९८ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा ५९ सहित गण्डकी प्रदेशमा बुधबार थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ की १ महिला, २ का २ पुरुष, ४ का १ पुरुष तथा १ महिला, ५ का १ पुरुष, ६ का १ पुरुष तथा १ महिला, ८ का ८ पुरुष तथा २ महिला, ९ का ३ पुरुष तथा १ महिला, १० का ३ पुरुष तथा १ महिला, ११ का १ पुरुष तथा १ महिला, १२ का १ पुरुष, १४ का १ पुरुष तथा १ महिला, १५ का ६ पुरुष तथा ३ महिला, १६ की १ महिला, १७ का ३ पुरुष तथा २ महिला, १९ की १ महिला, २५ का १ पुरुष, २६ का २ महिला, २७ का १ पुरुष तथा २ महिला, ३० का १ पुरुष, ३१ का १ पुरुष तथा १ महिला, ३२ का १ पुरुष तथा २ महिला र कास्कीको माछापुच्छ्रेका १ पुरुष रहेका छन् ।

त्यस्तै लमजुङ बेँसीशहरका १ पुरुष, राईनासकी १ महिला, मस्याङ्दीका ५ पुरुष तथा ५ महिला, तनहुँ भीमादका २ पुरुष तथा १ महिला, शुक्लागण्डकीका १ पुरुष, व्यासका ४ पुरुष तथा ३ महिला, म्याग्दी अन्नपूर्णका १ महिला, बागलुङ काठेखोलाका १ पुरुष तथा १ महिला, बागलुङ नगरपालिकाका ३ पुरुष तथा ३ महिला, बागलुङ धौलागिरि अस्पतालमा ४ पुरुष तथा २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार १ सय ५७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button